Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण


सूचना कुण्ड
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण

काठमाडौं, जेठ ११ :शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण भएको छ।

जटिल शल्यक्रिया मध्येको उक्त कार्य विरलै हुने गर्छ। प्रत्यारोपित व्यक्तिहरूले स्वास्थ्य लाभ गरिरहेका छन् भने केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेका छन्।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा जेठ १ गते गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरूषबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो।

प्रत्यारोपण शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रयारोपणमा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले सघाएका थिए भने मिर्गौलातर्फ डा. दिपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा रोजन अधिकारी डा. विकास खड्का लगायत थिए।

एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा.आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेको प्रत्यारोपण केन्द्रले जनाएको छ। यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा। सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्य सहभागी थिए।

रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा। सुधीर जोशी, डा. जी एलिनको सहभागिता थियो।

डा. पुकारको नेतृत्वमा देशमै पहिलो पटक २०७४ वैशाख २८ गते मस्तिष्क मृत व्यक्तिबाट दुई मृगौला प्रत्यारोपण गरिएको थियो। तत्पश्चात हालसम्म ६ जना व्यक्तिबाट १२ जनाको मिर्गौला र ४ जनाको कलेजो गरी जम्मा १५ जनाको प्रत्यारोपण भएको छ।

केन्द्रले २०७३ मंसिर २२ गते पहिलो पटक कलेजो प्रत्यारोपण गरेको हो र हालसम्म देशको सबैभन्दा धेरै ३४ जनामा प्रत्यारोपण गरेको छ।

प्रत्यारोपण केन्द्रमा १५ देखि २० लाखमा केलेजो प्रत्यारोपण हुन्छ। ३ वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइसकेको केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend