Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


सूचना कुण्ड
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

जाजरकोट, असोज २९ :जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे जुनिचाँदे गाउँपालिका–२, गैरीगुवास्थित भित्री सडकखण्डमा सुर्खेतबाट जुनिचाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब चार वर्षीय छोरा शिशिर भण्डारी र जुनिचाँदे गाउँपालिका–३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत लैजाँदै गरिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend