Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भदौमा औसत बजार भाउ ६.३४ प्रतिशत


सूचना कुण्ड
भदौमा औसत बजार भाउ ६.३४ प्रतिशत

काठमाडौँ  असोज २९ :  वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य गत भदौमा औसत ६.३४ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो मूल्य वृद्धि ४.४७ प्रतिशतले बढी हो । भदौ २०८२ मा औसत मूल्यवृद्धिदर १.८७ प्रतिशत रहेको थियो ।

गएको दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर १.३४ प्रतिशतले  ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको थियो ।

गत भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८, फलफूलको १५.९९, चिनी तथा चिनीजन्य पदार्थको १२.१४, माछा तथा मासुको ७.३४, तरकारीको ७.०७ र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७७, मदिराजन्य पेय पदार्थको ८.८३, कपडा तथा जुत्ताचप्पलको ७.०६, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको राष्ट्र बैंकको भदौ महिनाको प्रतिवेदनमा उल्लेख छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.७८ प्रतिशतले र सहर क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१९ प्रतिशतले बढेको छ । प्रदेशगत आधारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि सवैभन्दा बढी मधेश प्रदेशको ७.४८ प्रतिशत र सवैभन्दा कम सुदूरपश्चिम प्रदेशको ५.१६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

साउन र भदौमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिए

 चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको थियो । 

मासिक रुपमा हेर्दा पनि भदौ २०८३ मा मात्र २ खर्ब २१ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल आएको छ । गत आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको थियो । 

गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३ सय २० जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा ५२ हजार १ सय ६३ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्यांक छ । गत आर्थिक वर्षको दुई महिनामा ९० हजार १ सय ९८ जनाले अन्तिम श्रम स्वीकृति र ४५ हजार ८ सय ८४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend