Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

  देशभर मनसुनी वर्षा, सतर्कता अपनाउन अनुरोध


सूचना कुण्ड
  देशभर मनसुनी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ,  असार  २२  : शनिबार बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।

 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही ति तीन प्रदेशका अधिकांश भूभाग र बाँकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

शनिबार दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

थोरै स्थानहरूमा भारीदेखि  धेरै भारी वर्षाको सम्भावना रहेको र चार प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाको पूर्वानुमान् छ।

राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा राति पनि भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend