Logo
  • २०८३, कात्तिक २गते
  • Oct 18 2026
images

तीन दिन तातोपानी नाका सञ्चालन हुने :कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति


सूचना कुण्ड
तीन दिन तातोपानी नाका सञ्चालन हुने  :कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति

काठमाडौँ , कात्तिक १ :  दसैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको हो । 

 चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। अक्टोबर १८ देखि २० सम्म तीन दिन तातोपानी नाका सञ्चालन हुने  छ । उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्र सिंह चैसिर भन्सार खुला रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो  'भन्सार खुला छ, हामी तयार छौं, अहिलेसम्म मालवाहक सवारीहरु आइपुगेको छैन । ' 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend