Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित


सूचना कुण्ड
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

काठमाडौं, असोज २४ :  नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा थापा सभापति पदमा निर्वाचित हुनुभएको हो।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २४ गते सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार सभापति पदका उम्मेदवार थापाले छ हजार ५८४ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ।

निर्वाचन समितिका अनुसार कुल सात हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। कायम मत सङ्ख्या छ हजार ९५९ रहेको निर्वाचन परिणाममा उल्लेख छ।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्कासहित सदस्य सचिव राजु कटवाल र सदस्य सुजन लोप्चनले हस्ताक्षर गरी निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको हो।  

थापा यस अघि भएको विशेष महाधिवेशनबाट पनि सभापति पदमा निर्वाचित हुनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend