Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

गगनकुमार थापाले लिनुभयो सभापतिको शपथ


सूचना कुण्ड
गगनकुमार थापाले लिनुभयो सभापतिको शपथ

काठमाडौँ, असोज ३१ :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाले बडादसैँको फूलपातीका अवसरमा आज शपथग्रहण गर्नुभएको छ । उहाँले पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे शपथ लिनुभएको हो ।

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो ।

नागरिकको भरोसाको पार्टी बनाउँछु : सभापति थापा

कांग्रेसका सभापति  थापाले पार्टीलाई सबैभन्दा बढी नागरिकले विश्वास गर्ने राजनीतिक शक्ति बनाउने प्रतिबद्धता जनाएका छन्। पार्टीको १५औं महाधिवेशनले परिवर्तनको आह्वानलाई संस्थागत रूपमा अघि बढाएको उल्लेख गर्दै उनले लोकतन्त्र, आत्मसम्मान र सामाजिक न्यायलाई पार्टीको मूल मान्यता बनाएर अघि बढ्ने जानकारी दिनुभयो । 

सभापतिको शपथ ग्रहणपछि शनिबार पार्टी केन्द्रीय कार्यालयमा बोल्दै थापाले आफ्नो नेतृत्वको मूल्यांकन भाषण र प्रतिबद्धताबाट नभई निर्णय, आचरण र सार्वजनिक जवाफदेहिताबाट हुने बताउनुभयो ।  

‘मैले जे भनेको छु, त्यसको मूल्यांकन अब कामबाट हुन्छ। मैले निर्णय कसरी गर्छु, सार्वजनिक जवाफदेहिता कसरी बहन गर्छु, न्यायको पक्षमा कसरी उभिन्छु भन्ने कुराले त्यसको परीक्षण हुनेछ,’ उहाँले भन्नुभयो , ‘मुख्य प्रश्न गाह्रो समयमा मैले निर्णय कसरी लिन्छु, अप्ठ्यारो परेको बेलामा कहाँ उभिन्छु र सत्य तथा न्यायको पक्षमा उभिन्छु कि उभिन्नँ भन्ने हो।’

थापाले सभापतिको पदलाई अहंकारको प्रतीक नभई नागरिकले सुम्पिएको जिम्मेवारीका रूपमा लिने बताउनुभयो । 

कांग्रेसको ऐतिहासिक विरासत जोगाउनुका साथै आजको नेपाली समाजसँग पार्टीलाई सान्दर्भिक बनाउनु आफ्नो नेतृत्वको मुख्य चुनौती भएको उहाँकोको भनाइ थियो। विगतमा बीपी कोइरालाले तत्कालीन समाजका प्रश्नलाई सम्बोधन गरेर कांग्रेसलाई महान् बनाएको उल्लेख गर्दै थापाले अहिलेको समाजका आकांक्षा र प्रश्नलाई सम्बोधन गर्न सक्ने पार्टी निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । । ‘आजको समाजमा १८ वर्षका युवादेखि सर्वसाधारणसम्मका प्रश्न छन्। कांग्रेसलाई मत हाल्दै आएका तर यसपटक टाढिएका प्रत्येक मतदाताका प्रश्न छन्। प्रत्येक नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्ने कांग्रेस बनाउन यो चार वर्षका लागि शपथ लिन उभिएको हुँ,’ उहाँले भन्नुभयो । 

पार्टीलाई बदल्ने क्रममा जादु वा चमत्कार गर्ने आश्वासन नदिने भन्दै थापाले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उहाँले आफ्नो नेतृत्वको कार्यकालका लागि केही आधारभूत मान्यता र प्राथमिकता सार्वजनिक गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend