Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रेटिनोब्लास्टोमा (बालबालिकाको आँखामा हुने क्यान्सर) बारे सचेतना अभियान


सूचना कुण्ड
रेटिनोब्लास्टोमा (बालबालिकाको आँखामा हुने क्यान्सर) बारे सचेतना अभियान

 काठमाडौँ, फागुन २३ :   ओपन आइज नेपाल र निजगढ तिलगंगा सामूदायिक आँखा अस्पतालको सहकार्यमा निजगढका ५० जना प्राथमिक स्वास्थ्य सेवा कार्यकर्ताहरुको लागि बालबालिकामा हुने रेटिनोब्लास्टोमाको प्रारम्भिक पहिचानको महत्व र प्रविधिबारे एकदिने तालिमको आयोजना गरिएको छ ।  


आँखा क्यान्सर विशेषज्ञ डा.पुर्णिमा राजकर्णिकारका अनुसार,“हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकाहरुलाई भाग्यमानी ठान्ने चलन छ । र यी पनि रोगको लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन । कतिपय मानिसले भने यी लक्षणका जटिलतालाई बुझेका हुदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाई गर्छन् । यीनै कारणले गर्दा यो रोग लागेका बालबालिकाहरुलाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ । समयमै उपचार गर्न सके आँखा तथा ज्यान जोगाउँन सकिन्छ । त्यसैको लागि यो सचेतना तथा आर्कलाइट वितरण कार्यक्रमको आयोजना गरिएको हो ।

आर्कलाइट एक साधारण र सजिलै ओसारपसार गर्न सकिने उपकरण हो जसले बालबालिकाको आँखामा रेटिनोब्लास्टोमाको प्रारम्भिक चिन्ह, सेतो रिफ्लेक्स पत्ता लगाउन प्रयोग गरिन्छ । यसलाई दृष्टि परिक्षण र आँखासँगै कानको विस्तृत पपरीक्षण को लागि पनि प्रयोग गर्न सकिन्छ । प्रत्येक सहभागीलाई आर्कलाइट उपकरण प्रयोग गरेर आफ्नो क्लिनिक र घरको भ्रमणमा ५ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको आँखाको स्क्रिनिङ्ग गर्न र रेटिनोब्लास्टोमाको जाँच गर्न अपेक्षा गरिएको छ । उहाँहरले कुनै पनि शंका लागेका बालबालिकालाई थप मूल्यांकनको लागि तिलगंगा निजगढ सामूदायिक आँखा अस्पताल वा तिलगंगा आँखा प्रतिष्ठानमा पठाउनुपर्नेछ । ” 

eye 2.jpeg


रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो । यो नवजात शिशु देखि पाँच वर्ष मुनिका बालबालिकाहरुको देखा पर्दछ । १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पुुर्ण क्यान्सरको ५५ ओगटेको छ । यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्दछ । नेपाल लगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५०% रहेको छ तर विकसित देशहरुमा भने ५% भन्दा कम पाइएको छ । रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ । 

रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु  हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् । जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो ।  यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु,आखाँको आकार ठूलो हुदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन् । उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ । बालबालिकाहरुको आँखाको स्क्रिनिङ्ग गर्न र रेटिनोब्लास्टोमाको जाँच गर्न अपेक्षा गरिएको छ । वहाँहरले कुनै पनि शंका लागेका बालबालिकालाई थप मूल्यांकनको लागि तिलगंगा निजगढ सामूदायिक आँखा अस्पताल वा तिलगंगा आँखा प्रतिष्ठानमा पठाउनुपर्नेछ । ” 


रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो । यो नवजात शिशु देखि पाँच वर्ष मुनिका बालबालिकाहरुको देखा पर्दछ । १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पुुर्ण क्यान्सरको ५५ ओगटेको छ । यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्दछ । नेपाल लगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५०% रहेको छ तर विकसित देशहरुमा भने ५% भन्दा कम पाइएको छ । रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ । 

रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु  हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् । जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो ।  यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु,आखाँको आकार ठूलो हुदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन् । उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ । 


यो रोग लागेका बालबालिकाहरुमध्ये ६० ५ मा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० ५ मा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखमा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ । यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ । यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी,थरमोथेरापी,क्रायथेरापी र रेडियोथेरापी इत्यादी प्रमुख उपचार पद्दतिमा पर्दछन् । प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखा सहित आँखा वरपरका हड्डी समेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ ५  रेटिनोब्लास्टोमा भएको देखिन्छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्ष देखि हुदै आईरहेको छ । विगत ६ वर्ष देखि आँखाको क्यान्सर रोग विभाग ९इअगबिच इलअययिनथ० बाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पुर्णिमा राजकर्णिकारद्धारा अझ विस्तृत रुपमा यसको उपचार भईरहेको छ । वर्षेनी ३५ देखि ४५ नयाँ बिरामीको संख्या उपचारको लागि आउने गरेका छन् जसमध्ये १५ जनाको दुबै आँखामा रोग लागेको पाइएको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend