Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार


सूचना कुण्ड
लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार

काठमाडौं ,असोज १४ :  यो साताको कारोबारको तेस्रो दिन बुधबार (असोज १४) सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  लगातार घटेको छ ।

बुधबार नेप्से सूचक ४.८२ अंक अर्थात् ०.१८ प्रतिशतले घटेर २५९८ दशमलव ८९ विन्दुमा बन्द भएको छ । यसको अघिल्लो दिन मंगलबार नेप्से ९.६२ अंकले र सोमबार १६.४७ अंकले घटेको थियो ।

आज कुल ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम ४ अर्ब ७६ करोड ५१ लाख २३ हजार ८८५ रुपैयाँ पुगेको छ । कुल ४७ हजार ९ सय पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यसदिन १०९ कम्पनीकोसेयर मूल्य उकालो लाग्दा १५७ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।यसदिन कमाउने कम्पनीमा पहिलो सिन्धु विकास बैंक, दोस्रो सयपत्री हाईड्रोपावर र तेस्रो घलेम्दी हाईड्रोपावर रहेको छ ।

यस्तै सबैभन्दा बढी गुमाउने कम्पनीमा सानीमा ग्रोथ फण्ड, चिर्ख्वा हाईड्रोपावर र सोपान फार्मेस्युटिकल्स रहेका छन् । यसदिन उपसमूहमा हाईड्रोपावर, म्युच्युअल फण्ड र ट्रेडिङ ईन्डेक्सको मात्रै बढ्दा यसबाहेकका सबै उपसमूहहरूको सेयर मूल्य घटेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend