Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीव्दारा प्राथमिक अस्पतालको ढलान कार्यको स्थलगत निरीक्षण


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीव्दारा  प्राथमिक अस्पतालको ढलान कार्यको स्थलगत निरीक्षण

काठमाडौँ, फागुन २१ :    चन्द्रागिरि नगरपालिकाको निर्माणाधिन १५ शैया प्राथमिक अस्पतालको राफ्ट बेस ढलान अन्तिम चरणमा पुगेको छ। चन्द्रागिरि-४ को चन्द्रागिरि प्राथमिक अस्पताल नजिकै निर्माण हुँदै गरेको उक्त अस्पतालको ११७० वर्ग मि. रहेको बेसको ढलान सकिए लगत्तै बाकी स्ट्रक्चरको काम शुरु हुनेछ।

Nagar aspatal photo.jpg

आज नगर प्रमुख घनश्याम गिरीले  उक्त ढलान कार्यको स्थलगत निरीक्षण अनुगमन गर्दै निर्माण पक्षलाई समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन पनि दिनुभयो। २० करोड लागतमा निर्माण हुदै गरेको उक्त अस्पताल संगै जर्मन बिकास बैंकको आर्थिक सहयोगमा करिब १ अर्ब बराबरको परोपकार प्रसुति अस्पतालको पनि निर्माण हुनेछ। उक्त प्रसुति अस्पतालको सम्पूर्ण प्रारम्भिक कार्य सम्पन्न भइ टेन्डर प्रक्रियाको तयारी भइरहेको पनि जानकारी छ।

Nagar aspatal photo 2.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend