Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सांसद पाण्डेव्दारा निर्माणाधीन थानकोट अस्पताल निरीक्षण


सूचना कुण्ड
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सांसद  पाण्डेव्दारा निर्माणाधीन थानकोट अस्पताल निरीक्षण

काठमाडौँ, फागुन १४ : चन्द्रागिरि नगरपालिकाव्दारा निर्माणाधीन थानकोट अस्पतालको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले मंगलबार निरीक्षण गर्नुभएको छ । 

चन्द्रागिरि ४ स्थित थानकोटमा रहेको नगरपालिका स्तरीय प्राथमिक अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवाहरु सञ्चालनमा रहेको छ । सो स्थान १५शैयाको अस्पताल भवन निर्माणाधीन  रहेको छ ।  जर्मन विकास बैँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा सोही स्थानमा स्याटेलाइट प्रसूति अस्पताल निर्माणका लागि एमओयू सम्पन्न भएको छ । 

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पूर्व मुख्यमन्त्री एवम् सांसद  पाण्डेलाई  निर्माणाधीन अस्पतालको भौतिक अवस्थाका बारेमा जानकारी दिनुहुँदै थप सहयोगका लागि पहल गरिदिन आग्रह समेत गर्नुभएको थियो भने  पूर्व मुख्यमन्त्री एवम् सांसद  पाण्डेले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिनुभयो ।  प्राथमिक अस्पताल थानकोटमा स्वास्थ्य बीमा सेवा कार्यान्वयनमा रहेको छ ।

photo 2.jpg

नगरपालिकामा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सुगर , प्रेसरको औषधि  उपभोगका लागि  प्रत्येक महिना नगद अनुदान दिने गरिएको छ भने प्रत्येक वडामा सामुदायिक स्वास्थ्य तथा नर्सि घरदैलो कार्यक्रम अन्तर्गत सामुदायिक नर्सहरु परिचालन गरेर नियमिति स्वास्थ्य परीक्षण, प्रवद्र्धन तथा प्राथमिक उपचार सेवा उपलब्घ गराइरहेको छ ।  विष्णुदेवी शिक्षा सदन मावि, जनकल्याण मावि र मंगलोदय मावि र प्रभात माविमा विद्यालय नर्स कार्यक्रम समेत सञ्चालनमा रहेको छ ।

photo 1.jpg


सो अवसरमा चन्द्रागिरि नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडा १५ का वडाध्यक्ष घनश्याम लुईँटेल , जनस्वास्थ्य शाखा प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोको समेत उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend