Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 यही फागुन २२ गते नसर्ने रोग पहिचानका लागि‘स्क्रीनिङ’ अभियान सञ्चालन गर्दै चन्द्रागिरि नगरपालिका : चार प्रकारका परीक्षण नि:शुल्क


सूचना कुण्ड
 यही फागुन २२ गते नसर्ने रोग पहिचानका लागि‘स्क्रीनिङ’ अभियान सञ्चालन गर्दै चन्द्रागिरि नगरपालिका : चार प्रकारका परीक्षण नि:शुल्क

काठमाडौँ, फागुन १३ :  नसर्ने रोगको रोकथामका लागि चन्द्रागिरि नगरपालिकाले ‘स्क्रीनिङ’ अभियान सुरुआत गर्ने भएको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले यही फागुन २२ गते स्क्रीनिङ अभियान सञ्चालन गरिने चन्द्रागिरि नगरपालिका जनस्वास्थ्य शाखाले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा सोमबार बसेको बैठकले नसर्ने रोगको रोकथामका लागि चन्द्रागिरि नगरपालिकाले यही फागुन २२  ‘स्क्रीनिङ’ अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

पछिल्ला केही वर्षदेखि तीस वर्ष भन्दामाथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले यही फागुन २२  गते एकदिन  स्क्रीनिङ अभियान सञ्चालन गरिने र यसपछि नगरपालिका अन्तर्गतका १५ वटै वडाका १८ स्वास्थ्य सस्था मार्फत नियमिति नै स्क्रीनिङ जारी रहने जनस्वास्थ्य शाखा प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियानमा उक्त उमेर समूहमा मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच, शरिरको उचाइ र तौल  अनुपात  (बीएमआई) मापन परीक्षण गरिनेछ । अभियानका क्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिने जनाइएको छ । नगरपालिका अन्तर्गतका १५ वटै वडाका १८ स्वास्थ्य सस्था मार्फत  अभियान कार्यक्रम  सञ्चालन गरिने छ भने यसबाट नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नसर्ने रोग पहिचानका लागि एकमहिने स्क्रीनिङ’ अभियान ७५३ वटै पालिका मार्फत सञ्चालन गर्ने निर्णय गरेको थियो ।नेपालमा मृत्यु र अपांगताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यही फागुन महिनाभरि नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भएको हो ।

यदि तपाईं  ३० वर्षभन्दा माथि उमेरकाे हुनुहुन्छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच, शरिरको उचाइ र तौल  अनुपात  (बीएमआई) मापन  जाँचहरू गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिनेछ ।

photo 5.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend