Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि ‘एचपिभी  खोप’ खोप अभियान   : पाँचहजार ६०९ किशोरीले खोप लगाए 


सूचना कुण्ड
चन्द्रागिरि ‘एचपिभी  खोप’ खोप अभियान   : पाँचहजार ६०९ किशोरीले खोप लगाए 

काठमाडौँ, फागुन ७ : ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी)  खोप अभियान अन्तर्गत   चन्द्रागिरि नगरपालिकाका पाँचहजार ६०९ किशोरीले खोप लगाएका छन् । यो खोप ‘कभरेज’को दृष्टिकोणबाट ९०.४२ प्रतिशत रहेको जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले  जानकारी दिनुभयो । 


खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका  सामुदायिक र सस्थागत विद्यालय  र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिव ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइने लक्ष्य राखिएको थियो । 

किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन चन्द्रागिरि नगरपालिकाले गत माघ २२ गतेदेखि माघ २९ गतेसम्म  अभियान र यसपछि संभावित छुटेका किशोरीलाई खोज पड्ताल मार्फत एचपिभी  खोपको पहुँचमा ल्याएको थियो ।  

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि –४ स्थित चुनदेवी माध्यामिक विद्यालयको खोप केन्द्रमा   अभियानको शुभारम्भ गर्नुभएको थियो । खोप अभियानका लागि नगरपालिकाको १५ वटै वडामा ७० वटा खोपकेन्द्रको व्यवस्था मिलाएको थियो ।  

जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत  महतोले  भन्नुभयो “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल देशव्यापी रुपमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म)  एचपिभी  खोप अभियान सञ्चालन गरेको थियो । तर हामीले यो अभियान अन्तर्गत  माघ २२ देखि २९ गतेभित्र नै लक्षित किशोरीलाई खोप लगाउने कार्य सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर कार्यान्वयनमा ल्यायौँ । माघ २९ देखि फागुन ६ सम्म पनि खोजपड्ताल मार्फत खोप लगाउने कार्य जारी रह्यो ।  खोप लगाउने सबै किशोरीलाई म विशेष धन्यवाद दिन चाहन्छु । अभियानमा साथ र सहयोग गर्नुहुने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष ,ं सबै स्वास्थ्यकर्मी  एवं महिलास्वास्थ्य स्वयंसेविकालाई पनि धन्यवाद दिन चाहन्छु ।”

HPV-Vaccine.jpg

नगरपालिकाले सामुदायिक र सस्थागत दुवै  विद्यालयमा, आफ्ना १८ स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी मार्फत्  खोप लगाउने कार्य मिलाएको थियो । एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई घटाउन सहयोग पुग्ने बताइएको छ ।–


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend