Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

पर्यावरण संरक्षणबारे छलफल   


सूचना कुण्ड
पर्यावरण संरक्षणबारे छलफल   


ललितपुर, जेठ ३०: पर्यावरण संरक्षणका क्षेत्रमा काम गर्नेबारे ललितपुर महानगरपालिका र एसियाली विकास बैंक (एडिबी)बीच छलफल भएको छ ।    
    
 एसियाली विकास बैंकका प्रतिनिधि आरनउड ह्याकमनले परियोजनाका सन्दर्भमा आधारित रहेर ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका वातावरण विज्ञ तथा वनस्पति विज्ञहरुका साथै महानगरको वातावरण महाशाखाका प्रमुखलगायतसँग हरियाली प्रवद्र्धन, पर्यावरण संरक्षणसँग सम्बन्धित रहेर आज प्रारम्भिक छलफल गर्नुभएको हो ।    
    
 काठमाडौँ पर्यावरण सहरी नवीकरण परियोजना अन्तर्गत हरियाली प्रवद्र्धन, वातावरण संरक्षणलगायतका सन्दर्भमा काम गर्न ह्याकमनले परियोजनाको लक्ष्य, कार्ययोजना र समय तालिकाका बारे आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो । एडिबीले यो परियोजना अन्तर्गत विश्वका एक दर्जनभन्दा बढी मुलुकमा काम गरेको सो अवसरमा ह्याकमनले जानकारी दिनुभयो ।    
    
 “परियोजना अन्तर्गत जलवायु परिवर्तन, पानी र सरसफाइ, वातावरण संरक्षण, हरियाली प्रवद्र्ध्न, सामाजिक र लैङ्गिक विषय तथा सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा पनि काम गर्न सकिनेछ,” उहाँले भन्नुभयो । ललितपुर महानगर काठमाडौंँ उपत्यकाको महत्वपूर्ण सहर भएको उल्लेख गर्दै उहाँले यसको सौन्दर्यीकरणका लागि एडिबी महानगरसँग सहकार्य गर्न इच्छुक र आतुर रहेको बताउनुभयो ।    
    
 ललितपुर महानगरको प्राथमिकता आफूहरुका लागि महत्वपूर्ण भएको प्रष्ट पार्दै ह्याकमनले भन्नुभयो, “महानगरको विकास र समुदायलाई हुने हित हेरेर काम गर्न चाहन्छाँैं ।”    
    
 ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले एडिबीसँग सहकार्य गरेर महानगरवासीको दिनचर्या सहज बनाउने धेरै परियोजना सम्पन्न गरेको बताउनुभयो । पर्यावरण संरक्षण र हरियाली प्रवद्र्धन लगायतका विषयमा पनि महानगर एडिबीसँग सहकार्य गर्न तयार उहाँले स्पष्ट पार्नुभयो ।    
    
 प्रमुख महर्जनले भन्नुभयो, “सहकार्य गरेर काम गर्न तयार छौंँ, कामलाई व्यवस्थित बनाउन समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढौँ ।” परियोजनाका लागि महानगरको तर्फबाट पनि विज्ञ र प्राविधिक सहितको एउटा समूह बनाइने उहाँले बताउनुभयो । प्रमुख महर्जनले पर्यावरण संरक्षणका लागि धेरैवटा परियोजनामा काम गरेको बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend