Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

     प्रतिनिधिसभा बैठक : मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह  


सूचना कुण्ड
     प्रतिनिधिसभा बैठक : मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह  

  
काठमाडौँ, जेठ २०: प्रतिनिधिसभा सदस्य माधव सापकोटाले बाढी पहिराजस्ता मनसुनजन्य विपद्का घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको छ ।    
    
 आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद सापकोटाले सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्चीको बाढी पीडितले हालसम्म राहत रकम पाउन नसकेको उल्लेख गर्दै समयमै उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।    
 “हामी मनसुनको पूर्वसन्धामा छौँ । आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ, बाढी पहिरोजस्ता घटना बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीमा जुट्न आवश्यक छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव बढिरहेको छ, यसको न्यूनीकरणमा हाम्रो भूमिका के रहने भन्नेमा स्पष्ट हुनुपर्छ ।”    
    
 सरकारले आगामी वर्षको बजेट वक्तव्यमा दिगो विकास र जलवायु परिवर्तनलाई प्रथामिकता दिनु स्वागतयोग्य रहेको सांसद सापकोटाको भनाइ छ । सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उहाँले यसले जलवायु परिवर्तन न्यूनीकरणमा मद्दत पुगेको उहाँले बताउनुभयो । “जलवायु परिवर्तनको असरका कारण पर्वतीय क्षेत्रदेखि समुन्द्र सतहसम्मको मानव जीवनमा असर गरेको छ,” उहाँले भन्नुभयो, “जलवायु परिवर्तन न्यूनीकरणकोे अभियानमा नलागे मानव जीवन झन जोखिममा पर्छ ।”    
    
 आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने तथा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने उल्लेख छ । सांसद सापकोटाले जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा संवाद गरी ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई निरन्तरता दिइने कुरा स्वागतयोग्य भएको उल्लेख गर्नुभयो ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend