Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

नेपालको सामुदायिक वन अवधारणाले प्रतिष्ठा कमाएको छ : मन्त्री सुडी   


सूचना कुण्ड
नेपालको सामुदायिक वन अवधारणाले प्रतिष्ठा कमाएको छ : मन्त्री सुडी   


काठमाडौँ, जेठ १८: वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताउनुभएको छ ।    
    
 सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वन जङ्गल संरक्षणमा महासङ्घको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।    
    
 वनमन्त्री सुडीले आफू मन्त्रालयमा आइसकेपछि शिथिल अवस्थामा रहेको वन क्षेत्रलाई चलायमान बनाउन, उत्पादन बढाउन र बिक्री वितरणमा सहज बनाउन विभिन्न नीतिगत काम गरेको जानकारी दिनुभयो ।    
    
 कार्यक्रममा महासङ्घका अध्यक्ष ठाकुर भण्डारी महासङ्घले वन जङ्गल संरक्षण क्षेत्रमा गरेको योगदानबारे चर्चा गर्दै सामुदायिक वनमा देखिएका नीतिगत चुनौती समाधानमा सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।    
    
 हाल देशभर २२ हजार सात सय ६० सामुदायिक वन हस्तान्तरण भएको बताउँदै उहाँले ३१ लाख ६८ हजार चार सय ४९ घरधुरीले २३ लाख १८ हजार आठ सय ११ हेक्टर वनको व्यवस्थापन गर्दै आएका जानकारी दिनुभयो ।    
    
 सामुदायिक वन उपभोक्ता समूहको अधिकार रक्षार्थ २०५२ साल जेठ १८ गते महासङ्घको स्थापना भएको हो । हाल महासङ्घअन्तरगत पाँच सय ५६ स्थानीय महासङ्घ, ७७ जिल्ला महासङ्घ र सात वटै प्रदेश महासङ्घ क्रियाशील छन् । ‘महासङ्घले सामुदायिक अधिकार : समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’ भन्ने नाराका साथ २९औँ स्थापना दिवस मनाएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend