Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सौराहामा हात्तीलाई वनभोज 


सूचना कुण्ड
सौराहामा हात्तीलाई वनभोज 

   
सूचनाकुण्ड समाचारदाता 
चितवन, साउन२७ : बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो ।     
    
 युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज खुवाएको हो । हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजा खुवाइएको हो ।    
    
 सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा उहाँले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको भन्दै सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विवरण सङ्कलन गरिरहेको जानकारी दिनुभयो । नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन् । सौराहामा सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको पनि दर्ता गर्न निकुञ्जले सहयोग गर्ने उहाँको भनाइ छ ।    
    
 चितवन राष्ट्रिय निकुञ्जमा दरबन्दी रहेका ५०, राष्ट्रिय प्रकृति संरक्षण कोषमा सात र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन् । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाको पर्यटन विकासमा हात्तीको महत्वको चर्चा गर्दै सफारी पर्यटनलाई जीवित राख्ने उद्देश्यले हात्ती दिवस मनाइएको बताउनुभयो ।    
    
 राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वन, क्षेत्रीय होटल सङ्घ सौराहा, रेवान सौराहाको सहआयोजना तथा लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको सहयोगमा दिवस मनाइएको हो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend