Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

एसईई चैत १९ गतेदेखि


सूचना कुण्ड
एसईई चैत १९ गतेदेखि

काठमाडौँ, पुस ७ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते  ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक  द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ । 

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ । यसपटक फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएका कारण एसइई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो ।  गत वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो । 

see.jpg
undefined


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend