Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार


सूचना कुण्ड
सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार

काठमाडौं , माघ ६ : सर्वोच्च अदालतले कांग्रेस विशेष महाधिवेशनबाट नवनिर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय रोक्नुपर्ने माग अस्वीकार गरेको छ । 

आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले तत्काललाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा डाकेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले  माघ ६ अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

सर्वोच्चको आदेशपछि थापा नेतृत्वको कार्यसमितिलाई काम मार्गप्रशस्त भएको छ ।  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैध रहेको दाबीसहित रिट दायर भएको थियो । 

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई बैधता दिनेगरी निर्णय गरेपछि देउवा र खड्का सर्वोच्च पुगेका थिए ।  रिट निवेदकका कानुन व्यवसायीले बहसका क्रममा थापा नेतृत्वको कार्यसमिति भंग हुनुपर्ने जिकिर लिएका थिए । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend