Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

काठमाडौंका यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने


सूचना कुण्ड
काठमाडौंका यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौं, जेठ १० :काठमाडौंका विभिन्न स्थानमा शनिबार साढे २ देखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।

शनिबार बानेश्वर र रत्नपार्क वितरण अन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको छ।

प्राधिकरणले  बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत पर्ने फुलबारी मार्गमा ढल्न लागेको विद्युत पोल फेर्नका लागि फिडरमा पर्ने दुई वटा ट्रान्स्फर्मर सटडाउनमा राखिने जानकारी दिएको छ।

त्यसकारण  फुलबारी मार्ग र कोटेश्वर क्षेत्रमा साढे ११ बजेदेखि २ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।   त्यस्तै रत्नपार्क वितरण केन्द्रको खिचापोखरी फिडर, त्रिपुरेश्वर फिडर, भोटेबहाल फिडर र न्यूरोड फिडर पनि स्विचिङ सर्भिसिङका लागि सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ।ती फिडर अन्तर्गत पर्ने खिचापोखरी डबली, माछा बजार, आर. बि. कम्प्लेक्स, पुरानो नगरपालिका अगाडी सिद्धिचरण चोक एरिया, सुन्धारा नेपाल टेलिकम अगाडी, सेन्ट्रल जेल, महिला जेल, रङशाला,  सुन्धारा बागदरबार, भोटेबहाल, पिपलबोट,दक्षिणकाली मन्दिर, यंगाल चोक, ओम बहाल, लगन चोक, प्लानचोक भगवती, न्यूरोड संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली्, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।निर्धारित काम समय अगाडि नै सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend