Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

५० कट्ठा जग्गामा गरेका छन् नवलपुरका पदमबहादुरले कुरिलो खेती, एकै सिजनमा कमाउँछन् ७ लाखसम्म


सूचना कुण्ड
५० कट्ठा जग्गामा गरेका छन् नवलपुरका पदमबहादुरले कुरिलो खेती, एकै सिजनमा कमाउँछन् ७ लाखसम्म

नवलपरासी, असार  २ : बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गर्नुभएको छ ।    
    
मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो । सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उहाँले  बताउनुभयो ।    
    
हाल उहाँले ५० कठ्ठामा कुरिलोखेती गर्नुभएक छ । “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उहाँले भन्नुभयो । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उहाँले बताउनुभयो । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ ।    
    
गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताउनुभयो । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उहाँ बताउनुहुन्छ । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी रु तीन सय छ र थोकमा मूल्य रु दुई सय ५० छ ।    
    
लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उहाँले तरकारीखेती गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि उहाँ व्यावसायिक खेतीमा लाग्नुभएको हो । उहाँको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend