Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा   


सूचना कुण्ड
‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा   

    
गलकोट (बागलुङ) वैशाख १६: चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमश्रङ्खला र बागलुङ बजार । डोयको उक्त पहाडलाई ब्लु हिलको रुपमा परिणत गर्दै पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले योजना सञ्चालन गरेको छ ।    
    
नगरपालिकाले डोयलाई नगरपालिकास्तरीय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय पूर्वाधार निर्माण सुरु गरेको हो । बागलुङ नगरपालिका-९ तित्याङको मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामाकरण गरेर चालु आर्थिक वर्षबाट पूर्वाधार निर्माण थालेको छ । ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) निर्माण गरेको छ ।    
    
उक्त ब्लु हिलका लागि चालु आवमा नगरपालिकाले रु ७० लाख बजेट विनियोजन गरेको छ । ब्लु हिलमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जीम हल, मन्दिर, पार्किङ लगायतका पूर्वाधार निर्माण गर्न रु २४ करोड ५६ लाख २२ हजार लागत अनुमान गरिएको छ ।    
    
ब्लु हिलमा आन्तरिक पर्यटक पु-याउने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले चालु आवमा ब्लु हिल पर्यटकीय गन्तव्यको लागि रु ७० लाख बजेटअन्तर्गत अहिले जग्गा चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने लगायतको काम धमाधम थालेको छ ।    
    
“नगरपालिकाभित्रको अत्यन्तै पर्यटकीय सम्भावना बोकेको डोय निकै हरियाली छ, आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने हाम्रो योजना हो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामाकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँ आउने जो कोहीले हरियालीका बीच दृश्यावलोकन गर्न सक्नेछन् ।”    
    
समुन्दी सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाइमा डोय डाँडा ‘ब्लु हिल’ छ । डाँडामा पर्यटकीय सडकसहितका पूर्वाधार निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ ।    
    
हाल सम्म जग्गा व्यवस्थापनमा रु २० लाख खर्च भइसकेको छ । पर्खाल लागाउने र शिवमन्दिर निर्माणको काम भइसकेको बागलुङ नगरपालिका-९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।    
    
डिपीआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याउने स्थानीयको योजना छ ।    
---  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend