Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

दुनाटपरी उद्योगबाट राम्रो आम्दानी   


सूचना कुण्ड
दुनाटपरी उद्योगबाट राम्रो आम्दानी   

     
   
घोराही (दाङ), चैत २८: घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त हुनुहुन्छ । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो । घरको काम सकेर बचेको समय यही व्यवसायमा उहाँहरुको दैनिकी बित्ने गरेको छ ।    
    
 यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आउनुभएको छ । “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ ।” बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उहाँले बताउनुभयो ।    
    
 “पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ”, उहाँले भन्नुभयो, “अहिले घरको सबै काम सकेर श्रीमान्ले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ ।” उहाँको दम्पतीले मासिक रु १५ हजार आम्दानी गर्दै आउनुभएको छ ।    
    
 दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०÷१२ हजार आम्दानी गरिरहनुभएको छ । चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उहाँको भनाइ छ । मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उहाँले सुनाउनुभयो । उत्पादित ठूलो बौत्तालाई रु साढे दुई र एक सय वटा भएको प्याकेटलाई रु साढे दुई सयमा बिक्री गरिएको छ ।    
    
 यसैगरी, टपरी रु पाँचका दरले बिक्री हुने गर्दछ । दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ । उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउनुहुन्छ । घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उहाँको अनुभव छ ।    
    
 मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जानुहुन्छ । उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उहाँको भनाइ छ । कतिपय घरमै पनि लिने आउने गर्दछन् । जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ ।    
    
 प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ । विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ ।    
    
 उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले बताउनुभयो । समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उहाँ बताउनुहुन्छ ।    
    
 सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उहाँको भनाइ छ । खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्नुहुन्छ ।    


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend