Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी 


सूचना कुण्ड
सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी 

   
 काठमाडौँ, चैत २६ः काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको छ । उक्त आगलागी नियन्त्रणका लागि अहिले दमकल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीको सामान राख्ने (स्टोर रुममा) घरमा आगलागी भएको भन्ने खबर आएको छ, आगलागीको कारण भने खुलेको छैन, विस्तृत विवरण आउन बाँकी रहेको छ ।”    
    
दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।    


–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend