Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

आठ रात नौ दिन मनाइने प्रसिद्ध बिस्का जात्राको तयारी   


सूचना कुण्ड
आठ रात नौ दिन मनाइने प्रसिद्ध बिस्का जात्राको तयारी   

     
भक्तपुर, चैत १९: यही चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र भव्य रुपमा सम्पन्न गर्न आयोजक र सरोकारवालाबिच छलफल भएको छ ।    
    
 भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले आज यहाँ आयोजित छलफलमा बिस्केट जात्रा भक्तपुरको मात्र नभई सिङ्गो देशको कला, संस्कृति र ऐतिहासिकताको पहिचान भएको बताउनुभयो । उहाँले जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/गराउन आह्वान गर्नुभयो ।    
    
 नगरप्रमुख प्रजापतिले भन्नुभयो, “२०८० चैत २७ देखि २०८१ वैशाख ५ गतेसम्म सञ्चालन हुने आठ रात नौ दिनको बिस्का जात्रा सांस्कृतिक नगरको गौरव गर्न लायक जात्रा भएकाले निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्नुपर्छ ।”    
    
 छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा इन्जिनियरिङको हिसाबले पनि महत्वपूर्ण जात्राका रुपमा रहेको व्याख्या गर्नुभयो ।    
    
 जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्का जात्रा अवसर र चुनौती मिश्रित भएकाले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/गराउने सबैको दायित्व भएको बताउनुभयो । उहाँले गुठी संस्थानको तालिकाअनुसार समयमै जात्रा सुरु गरी समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।    
    
 प्रजिअ श्रेष्ठले बिस्का जात्राको समयमा जात्रा सञ्चालन हुने स्थानमा मदिराजन्य पदार्थको बेचबिखनमा रोक लगाउने र जात्रा अवधिभर शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले संवेदनशील भएर काम गर्ने बताउनुभयो ।    
    
 छलफलमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार जात्रा सञ्चालन भएमा मर्यादित तथा शान्तिपूर्ण ढङ्गले जात्रा सम्पन्न गर्न सकिने बताउनुभयो ।    
    
 बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालका प्रतिनिधि रसरोकारवालाको उपस्थिति थियो । बिस्का जात्रा व्यवस्थापनबारे सबै निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाले जात्रा सञ्चालन हुने सम्पूर्ण क्षेत्रको सरसफाइ र व्यवस्थापन गर्ने भएको छ ।    
    
 जात्रा अवधिमा नगर क्षेत्रको शान्तिसुरक्षा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गुठी संस्थान शाखा कार्यालयले गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारी भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्ने निर्णय गरेको छ ।    
    
 त्यस्तै बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रमा रहेको तार, केबुल र फाइबर नेटका केबुल सम्बन्धित सेवाप्रदायकले व्यवस्थापन गर्ने निर्णय भएको छ । जात्रा अवधिमा नगरका सम्पूर्ण अस्पतालका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका सामान तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मी सतर्क अवस्थामा राख्ने निर्णय गरिएको छ ।    
    
 जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरबासी र सङ्घसंस्थाको सहभागितामा यही चैत २७ गते बिहान सद्भाव ¥याली गर्ने निर्णय भएको छ । जात्रामा खानेपानी व्यवस्थापन काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल)लाई र विद्युत् प्रसारणमा कुनै किसिमको समस्या आउन नदिन नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend