Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

आवधिक विकास योजना तयार पार्दै चन्द्रागिरि 


सूचना कुण्ड
आवधिक विकास योजना तयार पार्दै चन्द्रागिरि 


काठमाडाँै,चैत १६ :  ‘ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय नगरी’ भन्ने आफ्नो मूल ध्येयलाई हाँसिल गर्न चन्द्रागिरि नगरपालिकाले आवधिक विकास योजना तयार पार्ने भएको छ । पहिलो पटक तयार गर्न लागेको आवधिक योजनाका आधारमा अब बार्षिक योजना बन्नेछ । ती दुई योजनालाई मध्यकालीन  खर्चले जोड्नेछ । चन्द्रागिरि नगरपालिकाको भौतिक पूर्वाधार सहित सामाजिक क्षेत्र (शिक्षा, स्वास्थ्य , खानेपानी लगायत)को वर्तमान स्थिति, भइरहेका काम र भावीदिनमा गरिने विकासका खाका आवधिक विकास योजनामा समेटिने छन् ।  


विकास योजनाको एकीकृत खाका तयार पार्न  नगरपालिकाले यही चैत १३ गते सर्वपक्षीय कार्याशाला गोष्ठीको आयोजना समेत गरेको छ । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री माननीय रोजेन्द्रकुमार केसी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले प्रथम आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठीको पानसमा बत्ती बालेर उद्घाटन गर्नृुभयो । 

 
उद्घाटन सत्रमा सांसद केसीले काठमाडौ उपत्यकाका पालिका मध्ये फरक पहिचान बोकेको चन्द्रागिरि नगरपालिकाले पहिलो पटक आवधिक विकास योजना बनाउन लाग्नु ऐतिहासिक काम भएको चर्चा गर्दै यसले ‘समृद्ध नगरपालिका ः खुशी र सुखी नगरवासी’ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । युवालाई रोजगारी र उत्पादनसंग जोड्ने योजना बनाउन पूर्वमन्त्री केसीले सुझाव दिनुहुँदै स्वेदेशमा केही गर्न सकिन्छ भन्ने भाष्य स्थापना गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नगरपालिकाले आफ्ना सीमित स्रोत साधनलाई अधिकत रुपमा सदुपयोग गर्न भौतिक पूर्वाधारका साथ साथमा सामाजिक विकासमा लगानी गर्न आग्रह गर्नुहँुदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्न जानकारी दिनुभयो । 


बागमती प्रदेशसभा सदस्य माननीय यमुनादेवी श्रेष्ठले चन्द्रागिरि नगरपालिका गठन भई जननिर्वाचित प्रतिनिधिले काम सुरुगरेदेखि हालसम्म धेरै राम्रा काम गरेकामा बधाई दिनुहुँदै आगामी दिनमा सञ्चालन गरिने विकास योजनालाई व्यवस्थित बनाउन पहिलो पटक आवधिक योजना बनाउन लागेकामा खुशी व्यक्त गर्नुभयो । 


यसैगरी बागमती प्रदेशसभा सदस्य विन्दु श्रेष्ठले आगामी दिनमा चन्द्रागिरि नगरपालिकाले विकासका योजना बनाउँदा भौतिक पूर्वाधारका साथसाथमा सामाजिक क्षेत्र, युवा, महिला, ज्येष्ठ नागरिकमा लगानी बढाउन सुझाव दिनुभयो । 
गोष्ठीलाई सम्बोधन गर्नुहुँदै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले आफू मेयरमा पहिलोपटक निर्वाचित भएर कार्यभार सम्हालेपछि भौतिक पूर्वाधारमा उच्च प्राथमिकता दिँदै सडक, स्वास्थ्य भवन, विद्यालय भवन, पुरातात्विक सास्कृतिक भवन संरक्षण तथा पुननिर्माणमा लगानी गरेको जानकारी दिनुहुँदै दोस्रो कार्यकालमा भौतिक विकासका साथसाथमा सामाजिक विकासमा लगानी बढाएको जानकारी दिनुभयो । 


उहाँले नगरपालिकाको आन्तरिक श्रोतलाई अधिकतम उपयोग गर्र्दै नगरमा विदेशी लगानी आकर्षित गर्न पहिलो पटक स्थानीय स्वयम्सेवी समीक्षा प्रतिवेदन (भिआरएल ) प्रतिवेदन तयार पार्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो “अब भिआरएल प्रतिवेदन संयुक्त राष्ट्र संघमा प्रस्तुत गर्छाै , यसबाट नगरमा विदेशी लगानी थप आकर्षित हुन्छ  । ”  मेयर गिरीले जर्मन विकास बैकको आर्थिक एवं प्राविधिक सहयोगमा रु १ अर्ब भन्दा माथि लगानीमा अस्पलान बन्न लागेको पनि जानकारी गराउनुभयो । उहाँले आफूले यहाँका श्रँोत साधनलाई उपयोग गर्दै उत्पादनलाई रोजगारीसंग जोड्न , नगरभित्रै अधिकत रोजगारी र अवसर सिर्जना गर्न लागि बताउनुभयो । 


गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले  आवधि विकास योजनाका आधारमा वार्षिक विकास योजना बन्ने र यी दुई योजनालाई मध्यकालीन खर्चले जोड्ने बताउँदै पहिलो पटक बन्न लागेको आवधिक योजनाले चन्द्रागिरि नगरपालिकाको विकासको सम्भावना, वर्तमान स्थिति र भावि कार्यदिशा पहिल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवधिक विकास योजनाले विकासको एकीकृत खाका बनाउने हुँदा र यसले चन्द्रागिरि नगरको  विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नृुभयो ।  
राष्ट्रिय योजना आयोगका उपसचिव डा दीवाकर लुईटेल दिगो विकास लक्ष्यलाई कार्यान्वयनमा ल्याउने गरी आवधिक योजना बनाउन सुझाव दिनुभयो । गोष्ठीमा चन्द्रागिरी नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी ,कार्यपालिका सदस्य, विभिन्न वडाका वडाध्यक्ष , विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो । गोष्ठीको सहजीकरण पूर्व सचिव महेश दाहाल, विज्ञद्वय पंकज अधिकारी र वसन्त भट्टराईले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend