Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण   


सूचना कुण्ड
नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण   



हुम्ला, चैत ११ :  सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ ।    
    
निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट रु ६५ हजार नपाउँदा भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा रु १० लाखमा निर्माण पूरा भएको हो ।    
    
भवन निर्माणमा संलग्न मुक्म शाहीका अनुसार उपभोक्ता समितिबाट ठेक्का आफूले लिएर काम सके पनि बाँकी रु ६५ हजार माग्दा नदिएपछि भवन विद्यालयको नाममा हस्तान्तरण नगरेको बताउनुभयो ।    
    
उपभोक्ता समितिका अध्यक्ष अकिल शाही अहिले जिल्ला बाहिर भएको आफूसँग कामदारलाई दिने पैसा नभएको सचिव जयदेवी शाहीले बताउनुभयो । अहिले उक्त भवनमा स्वास्थ्य एकाइ राखिएको छ । कामदारले पैसा नदिँदासम्म कसैलाई पनि भवन प्रयोग गर्न नदिने भने पनि गाउँवासीले पैसा दिलाइदिने निर्णय गरेर विद्यालयको भवन केही समयका लागि स्वास्थ्यलाई दिने निर्णय गरेका थिए । जीर्ण हुँदै गएको भवन हस्तान्तरण नहुँदै भत्कियो भने त्यसको जिम्ेवारी उपभोक्ता समितिले लिनुपर्ने मुक्म शाहीले बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend