Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य


सूचना कुण्ड
महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य

काठमाडौँ, माघ२८  शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ ।    
    
सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ सवार गाडी सडकमा पल्टिँदा उहाँ सामान्य घाइते हुनुभएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । “उहाँ आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ”, उहाँले भन्नुभयो, “उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”    
    
महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आउनु भएको हो । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उहाँ सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव धु्रव शाही पनि हुनुहुन्थ्यो ।    
    
गाडीमा रहनुभएका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।    
---   


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend