Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

 विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी नै उत्तम विकल्प 


सूचना कुण्ड
 विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी नै उत्तम विकल्प 

    

काठमाडौँ, १८ माघ : सरोकारवाला विज्ञहरूले भूकम्पजस्ता विपद् जुनसुकै बेला पनि जानसक्ने भएकाले त्यसबाट बच्न आवश्यक पूर्वतयारी नै उत्तम विकल्प भएकामा जोड दिनुभएको छ ।    
    
चन्द्रगिरि नगरपालिका, ‘भूकम्प प्रविधिका लागि राष्ट्रिय समाज नेपाल’ले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक अन्तक्र्रियामा उहाँहरूले विपद्बाट जोगिन त्यसको तयारीमा सधँै रहिरहनुपर्ने बताउनुभएको हो ।    

कार्यक्रममा चन्द्रगिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले विपद्मा बच्न के गर्ने र कसरी गर्ने भन्ने सन्दर्भमा नयाँ तथा व्यवहारिक शिक्षा आमनागरिकमा पुर्याउनुपर्ने बताउनुभयो । साथै उहाँले विपद्पछिको बस्ती पुनःस्थापनामा नागरिकको चित्त बुझाएर नयाँ ढङ्गले गुरुयोजना बनाई अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।    
    
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले प्राधिकरणले विपद्पछिको पुनःस्थापनालगायत विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा गरेका कामका बारेमा जानकारी गराउनुभयो ।    
    
 साथै उहाँले आमनागरिकमा स्थानीय प्रविधि र सामग्रीबाट बनाइका घर पनि भूकम्प प्रतिरोधक हुनेबारेमा सचेतना जगाउनु आवश्यक रहेको बताउँदै गाउँघरतिर सिमेन्टबाट बनाइएका घरमात्र बलिया हुन्छन् भन्ने आमधारणा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।    
       

कार्यक्रममा खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक मोनिका झा, प्राधिकरणका सहसचिव भरतमणि पाण्डेय, समाजका अध्यक्ष डा अमोदमणि दीक्षितलगायतले भूकम्पजस्ता विपद्को भविष्यवाणी गर्न नसकिने भएकाले यसको जोखिमबाट बच्न पूर्वतयारी नै उत्तम विकल्प रहेकामा जोड दिनुभयो ।    


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend