Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

 अपाङ्गता भएकालाई विद्युतीय रिक्सा 


सूचना कुण्ड
 अपाङ्गता भएकालाई विद्युतीय रिक्सा 

   
   सूचनाकुण्ड समाचारदाता       
बाँके, पुस१५ : नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगञ्ज–५ गणेशपुरका अपाङ्गता राजु खानलाई ई–रिक्सा प्रदान गर्नुभएको थियो ।    
    
फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा रक्तदान पनि गरिएको थियो । त्यस अवसरमा विद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी एक सय १३ जनाले रक्तदान गरेका थिए ।    
    
कार्यक्रममा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयम्सेवी रक्तदाता पवन जायसवाललाई पनि सम्मान गरिएको थियो ।    
    
स्वर्ण पदक विजेताको सम्मान    
    
भारतको हैदराबादमा भएको १० औँ वल्र्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल नेपालगञ्ज निवासी प्रतीक श्रेष्ठसहितका खेलाडीलाई सम्मान गरिएको छ ।    
    
बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घ, लाइफलाइन अस्पताल र गणपति डेन्टलको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्ट, लाइफलाइन अस्पतालका अध्यक्ष अशोक श्रेष्ठ र डा पारस श्रेष्ठले खेलाडीलाई सम्मान गर्नुभएको हो ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend