Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने 


सूचना कुण्ड
भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने 

   
 सूचनाकुण्ड समाचारदाता
काठमाडौँ,  कात्तिक२४: प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उहाँले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गर्नुभएको थियो ।    
    
 गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसक्नुभएको छ । उहाँले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन् ।    
    
 उहाँलाई आगामी मङ्सिर २ गते काठमाडौँमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई नेपालमा सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।    
    
त्यसैगरी गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापाले आफूहरूको उद्देश्य गीत रचनालाई प्रेरणा दिनु रहेको भन्दै सर्वाधिक गीत लेखनमा विश्वमै परिचित समीरको अभिनन्दन नेपाली कलाकारहरुका लागि पनि गौरवको विषय हो भन्नुभयो ।    
    
 गीतकार समीरले रचना गर्नुभएका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् । यी गीत नेपालमा पनि अधिक रूचाइने हिन्दी गीतमा पर्छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend