Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसी बोकाको मूल्य  


सूचना कुण्ड
उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसी बोकाको मूल्य  

  
    सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, कात्तिक  ३: सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो । कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ ।    
    
 खाद्यले यसअघि जीउँदो खसीबोका प्रतिकिलो रु १० छुट दिएर रु छ सय ७० तथा च्याङ्ग्रा रु एक हजार दुई सय ५० मा बिक्री गर्दै आएको थियो । पशुचौपायाको खरिदबिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।    
    
 उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो । खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।    
    
 खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसीबोका तथा रसुवाबाट पाँच सय ५४ च्याङ्ग्रा खरिद गरेर ल्याएको थियो । हालसम्म छ सय ३० वटा मात्रै खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको कम्पनीले जनाएको छ ।    
    
 अझै एक हजार पाँच सय ८२ खसीबोका बिक्री हुन बाँकी छ । फुलपाती र अष्टमीमा खसीबोका तथा च्याङ्ग्राको बिक्री हुने गर्छ । “आज, फूलपाती र अष्टमीमा खसी बोकाको बिक्री हुने हो, लामो समयम्म राख्दा दानापानी तथा स्याहार सुसारमा खर्च गर्नुपर्ने अवस्था आउने भएकाले उपभोक्ता मूल्यमा थप छुट दिइएको हो”, सूचना अधिकारी न्यौपानेले भन्नुभयो ।    
    
 काठमाडौँ उपत्यकामा उपभोक्तालाई सहुलियत मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराई मासुजन्य पदार्थको मूल्य स्थिरीकरण गर्ने उद्देशयले कम्पनीले खसीबोका बिक्री गर्दै आइरहेको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend