काठमाडौँ ,भदौ १ : आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ ।
प्राधिकरणको ४१ औँ वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्धयुकुमार श्रेष्ठले करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार २०८१/८२ मा भएको करअघिको खुद नाफाको तुलनामा यो ५८.६० प्रतिशत कम हो। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कर अघिको नाफा १२ अर्ब १७ करोड रुपैयाँ थियो । करपश्चात उक्त आर्थिक वर्ष ८ अर्ब ९१ करोड खुद नाफा कमाएको थियो ।
