Logo
  • २०८३, मंसिर १४गते
  • Nov 29 2026
images

एनपिएल : चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दै


सूचना कुण्ड
एनपिएल :   चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दै

काठमाडौँ, मङ्सिर २ : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि यात्रामा कायम रहन काठमाडौँ गोर्खाज र चितवन राइनोजले आज निर्णायक प्रतिस्पर्धा गर्दैछन् । लिग चरणको प्रदर्शनका आधारमा प्लेअफमा पुगेका दुवै टोलीका लागि आजको खेल प्रतियोगितामा आफ्नो भविष्य तय गर्ने अवसर बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने इलिमिनेटर खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् । यस खेलमा पराजित हुने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने विजेता टोलीले फाइनल प्रवेशको सम्भावना जीवित राख्नेछ ।

लिग चरणमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको काठमाडौँ गोर्खाज तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । सात खेल खेलेको काठमाडौँले चार खेलमा जित र तीन खेलमा हार बेहोरेको थियो । चितवन राइनोज भने चौथो स्थानमा रहँदै इलिमिनेटरमा प्रवेश गरेको हो । चितवनले सात खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

अङ्क तालिकामा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टोलीबिचको प्रतिस्पर्धाले दोस्रो क्वालिफायरको समीकरण निर्धारण गर्नेछ । काठमाडौँ लिग चरणको लयलाई निरन्तरता दिने योजनामा रहँदा चितवन पनि जितसहित उपाधि यात्रालाई अघि बढाउने लक्ष्यमा हुनेछ ।

आजको खेल जित्ने टोलीले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend