Logo
  • २०८३, मंसिर १४गते
  • Nov 29 2026
images

सेयर बजारमा कारोबार ७ महिनाकै उच्च, ३१ अंक बढ्यो नेप्से


सूचना कुण्ड
सेयर बजारमा कारोबार ७ महिनाकै उच्च, ३१ अंक बढ्यो नेप्से

 काठमाडौं  कात्तिक १२ :  आज सेयर बजार परिसूचक नेप्से ३१.५४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६९५ अंकमा कायम भएको छ । नेप्सेको यो अंक ३ महिना अर्थात् साउन १२ गतेयताकै उच्च हो ।

कारोबार रकम बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५५ करोडको भयो । यो कारोबार रकम वैशाख ३ यताकै उच्च हो । सो दिन ९ अर्ब ३१ करोडको कारोबार भएको थियो । आज १८१ कम्पनीको मूल्य बढ्यो भने ९१ को घट्यो । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज सबै समूहगत सूचक बढेका छन् । बैंकिङ २.२८, विकास बैंक १५५, फाइनान्स १.६९, होटल तथा पर्यटन २.०५, जलविद्युत् ०.३६, लगानी ०.२४, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.१३, अन्य २.४५ तथा व्यापार ०.०३ प्रतिशत बढे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै सोपान फर्मास्युटिकल्सको ८.७२, नेपाल पुनर्बीमाको ५.६१, नेपाल फाइनान्सको ५.४९, एनआई एसिया बैंकको ४.६९, कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशत मूल्य बढ्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ३.६५, चिरख्वा हाइड्रोपावरको ३.१४, राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर क्रमशः अगाडि रहे ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend