Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

असार ३१ देखि भरी सिलिन्डर ग्यास बिक्री हुने


सूचना कुण्ड
असार ३१ देखि भरी सिलिन्डर ग्यास बिक्री हुने

काठमाडौं,  असार ३० :  नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार असार ३१ देखि साविककै १४.२ केजीको ग्यास बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । मूल्य भने दुई हजार ६० रुपैयाँ रहेको छ ।

यसअघि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो । त्यसलाई अन्त्य गर्दै अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको हाे ।निगमव्दारा जारी विज्ञप्तिमा भनिएको छ "इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भएको लोडिङको अवस्थामा सुधार तथा आमउपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले मिति २०८३/०३/३१ गतेबाट मुलुकभर नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको व्यहोरा अनुरोध छ। ," 

निगमका अनुसार, हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेको छ ।  आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले उपभोक्तासँग अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend