Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो


सूचना कुण्ड
नेप्से परिसूचक  दोहोरो अङ्कले घट्यो

काठमाडौं ,असार २५ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार को कारोबारमा पनि घटेको छ । बजार १९.६७ अंकले घटेको हो । अघिल्लो दिन असार २४ बजार ३० अंकले घटेको थियो ।

यस दिन बजार मापक २६०१.९२ विन्दुमा झरेको छ । बजार घट्दा ४२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २२९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

चार अर्ब ६१ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ५७ हजार ८६४ पटकमा किनबेच भएको हो ।

उपकार लघुवित्त, स्नो रिभर्स लिमिटेड, प्राइम डिबेन्चर, कुमारी सबल योजना, जनउत्थान सामुदायिक लघुवित्तलगायत कम्पनीको सेयर मूल्य उच्च कमाउनेमा परे ।

समूहगत सूचकतर्फ १३ वटै समूह घटेका छन् । सबैभन्दा बढी व्यापार समूह २.३६ प्रतिशतले घटेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend