Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कर्मचारीको तलबमा बृद्धि : कर्मचारीको न्यूनतम तलब ४० हजार


सूचना कुण्ड
कर्मचारीको तलबमा  बृद्धि : कर्मचारीको न्यूनतम तलब ४० हजार

काठमाडौं, जेठ १६ :सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४० हजार कायम गर्ने निर्णय गरेको छ । 

अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो । साउन १ गतेदेखि नयाँ तलबमान लागू हुने उहाँले बताउनुभयो । 

कर्मचारीले हाल खाइपाइ आएको पारिश्रममा २१ प्रतिशत वृद्धि गरी ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि १ लाख रुपियाँ माथि कायम हुने अर्थमन्त्रीले बताउनुभयो । अर्थमन्त्री डा. वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत बृद्धि, कार्यसम्पादनको आधारमा १० प्रतिशत र ग्रेडका आधारमा गरी कुल २१ प्रतिशतले तलब बढ्नेछ। 

नयाँ संरचनाअनुसार हाल ७७ हजार २११ रुपैयाँ आधारभूत तलब बुझ्दै आएका मुख्यसचिवको तलब सात हजार २१ रुपैयाँले बढेर ८४ हजार ९३२ रुपैयाँ पुग्नेछ । प्रोत्साहन रकम आठ हजार ४९३ रुपैयाँ र पाँच हजार रुपैयाँ महँगी भत्ता जोड्दा कुल पारिश्रमिक करिब ९८ हजार ४२५ रुपैयाँ पुग्ने छ ।

हाल ७२ हजार ८२ रुपैयाँ तलब पाउने सचिवको आधारभूत तलब सात हजार २०८ रुपैयाँले बढेर ७९ हजार २९० रुपैयाँ पुग्नेछ । प्रोत्साहन र महँगी भत्तासहित सचिवको कुल पारिश्रमिक करिब ९२ हजार २१९ रुपैयाँ पुग्ने देखिन्छ ।

त्यस्तै, सहसचिवको हालको ५६ हजार ७८७ रुपैयाँ तलब बढेर ६२ हजार ४६५ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उनीहरूले ६ हजार २४६ रुपैयाँ प्रोत्साहन र पाँच हजार रुपैयाँ महँगी भत्ता पाउनेछन् । यससँगै कुल पारिश्रमिक करिब ७३ हजार ७१२ रुपैयाँ पुग्ने छ ।

उपसचिवको आधारभूत तलब हाल ४८ हजार ७३७ रुपैयाँ रहेकामा चार हजार ८७३ रुपैयाँ वृद्धि भएर ५३ हजार ६१० रुपैयाँ पुग्ने देखिएको छ । प्रोत्साहन रकम र महँगी भत्तासहित कुल पारिश्रमिक करिब ६३ हजार ९७९ रुपैयाँ पुग्नेछ ।

अधिकृत तहका कर्मचारीको हालको ४३ हजार ६८९ रुपैयाँ तलब बढेर ४८ हजार ५७७ रुपैयाँ पुग्नेछ । यसमा चार हजार ८५७ रुपैयाँ प्रोत्साहन र पाँच हजार रुपैयाँ महँगी भत्ता थपिँदा कुल पारिश्रमिक करिब ५७ हजार ६३२ रुपैयाँ पुग्नेछ ।

त्यस्तै, नासुको आधारभूत तलब हाल ३४ हजार ७३० रुपैयाँ रहेकामा तीन हजार ४७३ रुपैयाँ वृद्धि भएर ३८ हजार २०३ रुपैयाँ पुग्नेछ । कुल पारिश्रमिक करिब ४७ हजार २३ रुपैयाँ पुग्नेछ ।
खरिदारको हालको ३२ हजार ९०९ रुपैयाँ तलब बढेर ३६ हजार १९९ रुपैयाँ पुग्ने छ । प्रोत्साहन र महँगी भत्तासहित कुल पारिश्रमिक करिब ४४ हजार ८१० रुपैयाँ पुग्नेछ ।

कार्यालय सहयोगीको आधारभूत तलब हाल २७ हजार ६११ रुपैयाँ रहेकामा दुई हजार ७६१ रुपैयाँ वृद्धि भएर ३० हजार ३७२ रुपैयाँ पुग्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend