Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सक्कली सुनको मूल्य आकासिएपछि ...


सूचना कुण्ड
सक्कली सुनको मूल्य आकासिएपछि ...

काठमाडौँ, माघ १७ : सुनको मूल्य अस्वाभाविक बढेपछि नक्कली गहनाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । सुनको मूल्य बढेर तोलाको साढे तीन लाख रुपियाँनजिक पुग्न थालेपछि नक्कली गहनाको व्यापार बढ्न थालेको छ । 

सुनका गहनाको बजारमा माग नभई ९० प्रतिशत कारोबार गिरावट आएको बेला नक्कली गहनाको माग भने बढ्दै गएको छ । ‘हराएमा डर छैन, सुनभन्दा कम छैन’ भन्ने विशेषता भएकाले पनि सुनका गहना छाडेर ग्राहक ‘ग्यारेन्टेड’ नक्कली सुनको गहनातर्फ आकर्षित भएका हुन् ।

हेर्दा सुन जस्तै देखिने भएकाले नक्कली वा सक्कली भनेर सामान्य रूपमा छुट्याउन गाह्रो पर्ने भएकाले पनि यसप्रति महिलाको आकर्षण बढेको हो । 

सुनका गहना महँगो पर्ने र चोरीको डर हुने भएकाले पनि पछिल्लो समय नक्कली गहनाको व्यापार बढ्दै गएको व्यवसायीको भनाइ छ । सङ्कटा शृङ्गार ज्वेलरीका सञ्चालक सम्झना भण्डारीले नक्कली गहनाको व्यापार क्रमिक रूपमा बढ्दै गएको जानकारी दिनुभयो । 

विशेष गरी बिहेको सिजनमा दुलही सेट र अन्य समयमा औँठी, सिक्री र टप बढी बिक्री हुने गरेको उहाँको भनाइ छ । दैनिक ३० देखि ४० हजार रुपियाँसम्मको कारोबार हुने उहाँको भनाइ छ । पहिला दुलहीका तर्फबाट मात्र नक्कली गहनाको अर्डर आउने गरेकामा अहिले दुलहाका तर्फबाट समेत अर्डर आउने गरेको उहाँको भनाइ छ । लगाउँदा सुन जस्तै देखिने चोरीको डर पनि नहुने हुँदा पछिल्लो समय बिहे पार्टीमा नक्कली गहना नै बढी प्रयोग हुँदा कारोबार पनि बढ्दै गएको उहाँको भनाइ छ । 

यस्तै अविरल शृङ्गार ज्वेलर्सका सञ्चालक दिनेश कोइरालाले बिहेको सिजनमा नक्कली ब्राइडल सेट बढी बिक्री हुने गरेको जानकारी दिनुभयो । “पाँच हजार रुपियाँमा दुलही सेट तयार हुन्छ,” उहाँले भन्नुभयो, “झ्वाट्ट हेर्दा सुन जस्तै देखिने भएकाले पनि नक्कली गहना उपभोक्ताको रोजाइमा परेका छन् ।”  

औँठीको २५०, सिक्रीको पाँच सय, तिलहरी एक हजार, रानी हार एक हजार पाँच सय रुपियाँ मूल्य निर्धारण गरिएको छ । पसलमा मात्र नभएर अनलाइनबाट समेत गहनाको बढी व्यापार हुने गरेको छ । पञ्चधातु, जलप लगाएर देख्दा सुन जस्तै देखिन्छ । 

नक्कली गहना खरिद गर्न आएकी शर्मिला उप्रेतीले सुनको मूल्य बढेर खरिद गर्न नसक्ने भएपछि नक्कली गहना लगाउनुपर्ने अवस्था आएको बताउनुभयो । सुनको मूल्य बढेपछि चोरी हुने डर भएकाले पनि नक्कली गहना लगाउन सहज हुने उहाँको भनाइ छ । सुनको मूल्य बढेपछि चोरी हुने डरले अधिकांशले नक्कली गहना प्रयोग गर्ने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend