Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

यस्ता हुन्छन् प्रोस्टेट क्यान्सर लक्षण 


सूचना कुण्ड
यस्ता हुन्छन्   प्रोस्टेट क्यान्सर लक्षण 

काठमाडौँ, साउन २३ :  पुरुषमा देखा पर्ने गम्भीर स्वास्थ्य समस्यामध्ये प्रोस्टेट क्यान्सर एक हो । विश्वमा आठ जनामध्ये एक जनामा यो क्यान्सर देखिने गर्छ । वर्षमा एक लाख जनसङ्ख्यामा  २.९ प्रतिशत नयाँ बिरामी पत्ता लाग्ने गर्छन् । पोस्टेट क्यान्सर भएकामध्ये २७.३८ प्रतिशतको मृत्यु हुने गर्छ । विश्वमा सन् २०२० मा १४ लाख नयाँ पोस्टेट क्यान्सरका बिरामी भेटिएका थिए भने तीन लाख ७५ हजार पुरुषको मृत्यु भएको थियो । 

नेपालमा पनि प्रोस्टेट क्यान्सर हुनेको सङ्ख्या बढ्दो छ । पोस्टेट क्यान्सररोग विशेषज्ञ डा. इशान मल्लका अनुसार यो पुरुषको प्रजनन प्रणालीमा रहेको ओखर आकारको ग्रन्थी हो । यो ग्रन्थीले मूत्राशयको तलको भागले मूत्रमार्गलाई घेरेको हुन्छ । यसले तरल पदार्थ उत्पादन गर्छ जसले शुक्रकीटलाई पोषण दिने गर्छ ।  

यो ग्रन्थीले शुक्रकीटलाई बाहिर निकाल्न मद्दत गर्नुका साथै पिसाब नियन्त्रण गर्ने गर्छ । यो ग्रन्थी उमेर बढ्दै जाँदा यसको आकार पनि बढ्ने गर्छ । 

डा. मल्लका अनुसार पोस्टेट ग्रन्थीमा कोषको अनियन्त्रित वृद्धि हुनु नै पोस्टेट क्यान्सर हो ।  पोस्टेट क्यान्सर लाग्ने निश्रित कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । बढ्दो उमेर, पारिवारिक इतिहास र मोटोपन भएका मानिसमा यो क्यान्सर हुने जोखिम बढी हुने डा. मल्ल बताउनुहुन्छ ।  

यो क्यान्सर भएकामध्ये धेरै बिरामीमा सुरुवाती चरणमा कुनै पनि लक्षण नदेखिने हुँदा ८० प्रतिशत बिरामी अन्तिम अवस्थामा मात्र अस्पतालमा आउने उहाँ बताउनुहुन्छ । 

समयमै रोग पत्ता लगाउन सकेमा यो रोग नियन्त्रण गर्न सकिने डा. मल्ल बताउनुहुन्छ । यो क्यान्सर सुरुवाती चरणमा पत्ता लागेमा ९९ प्रतिशत निको हुने गर्छ ।

लक्षण 

प्रोस्टेटमा सङ्क्रमण वा सुनिने, पोस्टेटको साइज बढ्ने, पिसाब गर्दा दुख्ने, बारम्बार पिसाब लाग्ने, पिसाब पोल्ने, पिसाब रोक्न नसक्ने, पिसाब किलिएर नभएको जस्तो हुने, पिसाबको धार सुस्त हुने, पिसाब वा वीर्यमा रगत देखिनु, ढाड दुख्ने, खुट्टा वा पैताला कमजोर हुने पोस्टेट क्यान्सरका लक्षण हुन् । 

५० वर्ष उमेपछि पुरुषको पोस्टेटसम्बन्धी समस्या बढ्दै जाने गर्छ । पोस्टेट बढेपछि पीएसए परीक्षण गरेपछि थप जाँच गर्ने सल्लाह दिने गर्छन् । जाँच गरेपछि मात्र क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ ।

उहाँ भन्नुहुन्छ, “पोस्टेटको बढ्दैमा डराउनुपर्दैन । पोस्टेटको साइज अन्य कारणले पनि बढ्ने गर्छ ।”

 रोग कसरी पत्ता लगाउने 

लक्षण देखिएमा डिजिटल रेक्टल परीक्षण गरिने, पिएसए बढ्ए नबढ्एको बारे जानकारी लिन पोस्टेट विशिष्ट एन्टिजेन परीक्षण गरिन्छ । पोस्टेट क्यान्सर भएमा शरीरमा पोस्टेट विशिष्ट एन्टिजेन (पिएसए)मात्र बढ्एको देखिाउने डा. मल्ल बताउनुहुन्छ । उहाँका अनुसार एमआरआई, अल्ट्रासाउन्ड, बायप्सी परीक्षण गरेर यो क्यान्सर लागे नलागेको पत्ता लगाउन सकिन्छ । रोग पत्ता लागेमा शल्यक्रिया, किरण उपचार, हार्मोन थेरापी र किमोथेरापीको माध्येबाट उपचार गरिने मल्लको भनाइ छ । 

यो रोग लाग्न नदिन ५० वर्ष नाघेका पुरुषलाई वर्षमा एक पटक जाँच गर्न चिकित्सकको सुझाव छ । परिवारमा कसैलाई क्यान्सर छ भने ३५, ४० वर्षको उमेरदेखि जाँच गर्न डा. मल्लले आग्रह छ । उहाँले यस्तो रोग लाग्न नदिन सन्तुलित खाना, व्यायामका साथ साथै रोग नलुकाउन अनुरोध गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend