Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सोल्टी होटल्स एण्ड रिसोट्र्सले पोखरामा आफ्नो उपस्थिति विस्तार गर्दै “सोल्टी वेस्टेन्ड लेकससाइड, पोखरा” होटेल व्यवस्थापन गर्ने


सूचना कुण्ड
सोल्टी होटल्स एण्ड रिसोट्र्सले पोखरामा आफ्नो उपस्थिति विस्तार गर्दै “सोल्टी वेस्टेन्ड लेकससाइड, पोखरा” होटेल व्यवस्थापन गर्ने

पोखरा, साउन १०  ः सोल्टी होटल्स एण्ड रिसोट्र्सले पोखरामा आफ्नो उपस्थिति विस्तार गर्दै “सोल्टी वेस्टेन्ड लेकससाइड, पोखरा” होटेल व्यवस्थापन गर्ने भएको छ । नेपालको अग्रणी लग्जरी आतिथ्य ब्राण्ड सोल्टी होटेल्स एण्ड रिसोर्टसले आफ्नो समकालीन वेस्टेण्ड ब्राण्ड अन्तर्गत सुन्दर पर्यटकीय शहर पोखरामा “सोल्टी वेस्टेण्ड लेकसाइड, पोखरा” ब्राण्डमा व्यावस्थापन गर्नका लागि होटेल पेनिन्सुला प्रा.लि.संग होटेल व्यवस्थापन सम्झौता गरी होटेल व्यवस्थापन तथा सञ्चालनमा ल्याउन घोषणा गरेका छ ।

यससग सोल्टी होटेल्स एण्ड रिसाटसका पर्यटकीय शहर पोखरामा उपस्थितिले गण्डकी प्रदेशको पोखरामा विस्तारित होटेलको रुपमा नवीनतम पहिचान बनाएको छ । सोल्टी वेस्टेण्ड लेकसाइड पोखरा, होटेल पेनिन्सुला सँग सम्पन्न होटेल व्यवस्थापन सम्झौता अन्र्तगत सञ्चालन हुँदैछ । सोल्टी होटल्स एण्ड रिर्सोट्स नेपालको प्रतिष्ठित चेन होटेल ब्राण्ड हो जसले यसको आधिकारिक व्यवस्थापक स्ट्रीम पीक इन्टरनेशनल  प्रा.लि.मार्फत नेपालभित्र तथा नेपाल बाहिर तारे होटेलहरु व्यवस्थापन तथा सञ्चालन गरि रहेकोछ । 

पर्यटकीय शहर पोखराको अत्यन्तै जीवन्त, रमणीय, आकर्षक र पर्यटकीय क्षेत्रहरु मध्येको केन्द्रविन्दु पोखरा लेकसाइड क्षेत्रमा रणनीतिक रुपमा अवस्थित यो सोल्टी वेस्टेण्ड लेकसाइड, पोखरा होटल शान्त फवातालबाट कही पाइला मात्रका दरीमा अवस्थित रहको छ । जहाँ पोखरा शहरका प्रमुख क्याफेहरू, रमणीय स्थलहरू तथा साहसिक गतिविधिहरूका पर्यटकीय गतिविधिहरुले जिवन्तता प्रदान गर्दछ  । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आधुनिक पर्यटकीय सुख सविधाहरुमा रमाउन स्वदशी तथा विदशी अतिथि पाहनाहरु तथा पयटकहरूका लागि साल्टी वस्टण्ड लकसाइड, पाखरा हाटल उपयक्त तथा आदश विश्राम  स्थल तथा उत्कृष्ट गन्तव्यको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
 
सन् २०२५ सेप्टेम्बरदेखि बुकिङका लागि खुला गरिने तयारीमा रहेको सोल्टी वेस्टेण्ड लेकसाइड, पोखराले समकालीन आतिथ्य सत्कारमा नयाँ दृष्टिकोण तथा पर्यटकीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । होटेलमा ६ वटा जुनियर सुइटहरू र एउटा अत्यन्तै आरामदायी प्रेसिडेन्सियल सुइट सहित कूल ७७ वटा प्रिमियम अतिथि कोठाहरू रहेका छन् । पाहना कोठाहरूका आधनिक शैली र आधनिकतम पयटकीय सविधाहरुका उत्कृष्ट संयोजनलाई ध्यानमा राख्दै आधुनिक  तथा उत्तम सन्तुलित ढंगले डिजाइन गरिएका छन् । अतिथि पाहुनाहरूले होटेलमा विश्राम गर्दा विभिन्न स्वाद र अनुभवले भरिपूर्ण सेवा उपभोग गर्न सक्नेछन्, जसमा अन्नपण श्रखलाका विहगम दश्यावलाकन गन सकिन आधनिक रूफटप बारका साथ विभिन्न स्वाद र पाथमिकतालाइ ध्यानमा राखी तयार पारिएका भोजन तथा व्यञ्जनका परिकारहरू उपलब्ध हुनेछन् । 


होटेलमा व्यवसायिक कार्यक्रमहरू तथा सभा समारोहहरूका लागि २५० जना अट्ने क्षमता भएका सभाहल सहित व्यवसायिक बैठक , प्रीतिभोज  तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्न का लागि बैठक  कक्षहरू उपलब्ध रहने छन् ।

soltee 2.jpg

स्वस्थ्य र आनन्ददायी विश्राम खोज्ने पर्यटकहरूका लागि होटलमा स्वीमिङ पूल, पूर्ण रूपमा सुसज्जित हेल्थ क्लब र शान्त स्पा रहेने छ । यसका अतिरिक्त होटलभित्र स्मृति चिन्ह पसलहरूले पोखरा भ्रमण अनुभवका एउटा चिनो लिएर जान चाहने अतिथिहरूका लागि चयनित सोभनियर सामग्रीहरू उपलब्ध गराउने समेत व्यवस्था हुनेछ । थप सुविधा स्वरूप पर्याप्त पार्किङ व्यवस्थापन पनि उपलब्ध हुनेछ । पारिवारिक छुट्टी मनाउन, रोमान्चकारी समय बिताउनका लागि, व्यवसायिक यात्राका लागि दीर्घकालीन बसाइँ होस् अथवा अल्पकालिन बसाइँ, सोल्टी वेस्टेण्ड लेकसाइड, पाखरा सब उमर र समहका पयटक पाहनाहरूका आवश्यकतालाइ सम्बाधन गन सक्षम शलीयक्त र समावशी गन्तव्यस्थलका रूपमा विकास गरिएको छ । 

होटेलको व्यवस्थापन सम्बन्धी सम्झौतामा सोल्टी होटल्स एण्ड रिसाटसका तर्फबाट सोल्टी होटल लिमिटडका उपाध्यक्ष, श्री सदर्शन चापागाइ र होटल पेनिन्सुला प्रा.लि.का संस्थापक तथा कार्यकारी अध्यक्ष  खिमबहादुर ढकाल बीच औपचारिक रूपमा हस्ताक्षर गरिएको छ । यो सहकार्य मार्फत सोल्टी होटेल्स् एण्ड रिसोर्टस्ले आपना सेवा  सञ्जाललाइ अझ विस्तार गर्दै आतिथ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न  प्रतिवद्ध तालाइ थप शसक्त बनाएका  छ ।

सोल्टी होटेल्स एण्ड रिसोर्टसको तर्फबाट सुदर्शन चापागाईंले, “यो साझेदारी सोल्टी होटेल्स् एण्ड रिर्सोट्स प्रतिको विश्वास र प्रतिष्ठालाई नेपालका उत्कृष्ट पर्यटकीय  गन्तव्यहरूमा स्थापित गर्न हाम्रा दीघकालीन लक्ष्यका स्पष्ट पतिबिम्ब रहेका ” बताउनुभयो । साथै, चापागाईंले सोल्टी वेस्टेण्ड लेकसाइड, पोखराले समकालीन वास्तुकला, आत्मीय सेवा तथा स्थानीय सांस्कृतिक अनुभवको संयोजन मार्फत सोल्टी ब्राण्डको विशिष्टता र गुणस्तरका पहिचायक चिनारीहरूलाई जीवन्त बनाउन”  समेत उल्लेख गर्नुभयो । 
यो नयाँ विस्तारसँगै, सोल्टी होटल्स एण्ड रिर्सोट्सले गण्डकी प्रदेशमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै, बढ्यात्रहरूका लागि यो  होटल  एक विशिष्ट राजाइका विकल्प बन्न विश्वास लिएका छ ।

press.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend