Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बढ्यो अन्डाको मूल्य


सूचना कुण्ड
बढ्यो अन्डाको मूल्य

काठमाडौँ, असार २५ : तीन महिनाका बिचमा अन्डाको मूल्य प्रतिक्रेट १४५ रुपियाँसम्म बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार पछिल्लो महिनामा गर्मी बढेकाले माग अनुसारको अन्डा उत्पादन नहुँदा भाउ बढेको हो । अन्डाको उत्पादन २५ प्रतिशतसम्म घटेपछि माग धान्न कठिन भएको सङ्घले जनाएको छ । 

गत वैशाखदेखि असारको १९ गतेका बिचमा अन्डाको मूल्य प्रतिक्रेट न्यूनतम ३५ देखि १४५ रुपियाँसम्म बढेको छ । वैशाखमा मध्यम अन्डा प्रतिक्रेट ३२० रुपियाँ रहेकोमा हाल बढेर ४६५ रुपियाँ थोक मूल्य तोकिएको छ भने ठुलो अन्डा प्रतिक्रेट ४५० रुपियाँ रहेकोमा अहिले बढेर ४९५ रुपियाँ पुगेको छ । यस्तै एक्सेल अन्डा प्रतिक्रेट ४७० रुपियाँबाट बढेर ५१० रुपियाँ पुगेको छ । 

सङ्घका अध्यक्ष विनोद पोखरेलले जेठयता अत्यधिक गर्मीका कारण अन्डाको उत्पादन घटेकासँगै मूल्य बढेको जानकारी दिनुभयो । “हाल बजारमा अन्डाको माग बढी छ, उत्पादन छैन,” उहाँले भन्नुभयो, “त्यसैले असारमा मात्रै अन्डाको भाउ दुई पटक बढेको छ ।” अन्डाको मूल्य बढे पनि किसानको लागत अझै नउठेको दाबी गर्दै अध्यक्ष पोखरेलले भन्नुभयो, “प्रतिगोटा अन्डा उत्पादन लागत १६ रुपियाँ ५६ पैसा लाग्छ अहिले बढेर १६ रुपियाँ ५० पैसासम्म पुगेर लागतको नजिक भाउ पाउन थालेका छौँ । फाइदा त धेरै पछिको कुरा हो, गत फागुनदेखि नोक्सानमा कारोबार गरेका छौँ ।” 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend