काठमाडौँ, जेठ १३ ः प्रधानमन्त्री केपी शर्मा ओली सहित ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान बारेमा जानकारी लिनुभएको छ ।
सो अवसरमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशकले यस वर्षको मौसम पूर्वानुमानका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यस वर्षको मनसुनमा सरदरभन्दा वढी वर्षाहुने सम्भावना रहेको छ ।
