Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

बागवानी केन्द्रको आँप ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का


सूचना कुण्ड
बागवानी केन्द्रको आँप ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का

सर्लाही, जेठ १२ :  सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप यो वर्ष ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का लागेको छ । सुरज निर्माण सेवा लालबन्दी २ पुनर्वासले सो रकममा आँपको ठेक्का सकार गरेको हो । 

बागवानी केन्द्रको आँप गत वर्ष २१ लाख १५ हजार रुपियाँमा ठेक्का लागेको थियो । गएको वर्षको तुलनामा ३२ लाख ५६ लाख बढी मुल्यमा यो वर्ष आँप बिक्री भएको उष्ण प्रदेशीय बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले जानकारी दिनुुभयो । देशकै सबैभन्दा ठूलो यस बागवानी केन्द्रको आँप दुई वर्षअघि २०८० सालमा अहिलेसम्मकै सबैभन्दा बढी एक करोड ११ लाख ६० हजार रुपियाँमा ठेक्का लागेको थियो । 

आँप धेरै फलेको वर्ष बढी मूल्य र कम उत्पादन भएको वर्ष थोरै रकममा ठेक्का लाग्ने गरेको निमित्त केन्द्र प्रमुख यादवको भनाइ छ । प्राविधिकका अनुसार आँप प्रायः एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने हुन्छ । बागवानी केन्द्रको करिव १०० बिघा जग्गामा छ हजार आँपका बोट छन् । छ हजार बोटमध्ये यो वर्ष आधाजति बोटमा आँप फलेको बागवानी केन्द्रले जनाएको छ । 

केन्द्रमा बम्बै, मालदह, दसहरी, अम्रपारीलगायत ३५ जातका आँप रहेका छन् । बागवानी केन्द्रको लिची भने यसअघि नै २८ लाख २५ हजार रुपियाँमा ठेक्का लागेको थियो । 

लिची ठेक्का लागेको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो । ठेकेदारले बागवानी केन्द्रको लिची अहिले धमाधम टिपेर बिक्री गर्न सुरु गरेका छन् । बागवानी केन्द्रमा उत्पादन भएको लिची स्थानीय हाटबजार तथा हेटौंडा, चितवन, काठमाडौं लगायतका सहर लगेर बिक्री गर्ने गरिएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend