Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

पहाडी भूभागमा वर्षाको सम्भावना


सूचना कुण्ड
पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं ,वैशाख २५ :  देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend