Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

वामपन्थी नेता प्रदीप नेपालको निधन


सूचना कुण्ड
वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं , वैशाख २३ :  वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता नेपालको निधन भएको हो । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए ।

उनलाई निमोनिया पनि देखिएको अस्पताल स्रोतले जानकारी दियो ।

उनी साहित्यकारसमेत हुन् । नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार नेता नेपालको निधन केहीबेरअघि भएको हो । 

नेता नेपाल पछिल्लो समय  राजनीतिक दृश्यमा थिएनन् । एमालेको नवौं महाधिवेशनसम्म सक्रिय रहेका नेपाल पछिल्लो समय गुमनामजस्तै थिए । पार्टीका भेला, बैठकमा उपस्थित थिएनन् । २०५१ सालमा पार्टीले अल्पमतको सरकारको नेतृत्व गरेका बेला सूचना तथा सञ्चारमन्त्री बनेका थिए नेपाल ।

नेकपा एकतापछि उनलाई पार्टीले केन्द्रीय कमिटीको जिम्मेवारी दिइएको थियो । तर, केन्द्रीय कमिटीको बैठकमा उनी ‘अनुपस्थित’ भए । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend