Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

१० अंक घट्यो सेयर बजार


सूचना कुण्ड
१० अंक घट्यो सेयर बजार

काठमाडौं ,वैशाख २२ :  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेर कारोबार भएको छ । यस दिन नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा बन्द भएको हो ।

आज सात अर्ब ६३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार नौ अर्ब २४ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाई पनि १० प्रतिशतले बढेको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घटेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सेयर मूल्य स्थिर छ ।

आज कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक बढेको छ । यसरी परिसूचक घट्नेमा माइक्रोफाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend