काठमाडौँ, वैशाख १८ : चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी र वेटर वल्र्ड, दक्षिण कोरियाका प्रतिनिधिबीच यही बैशाख १७ गते बुधबारका दिन नगरप्रमुखको कार्यकक्षमा छलफल भएको छ ।
छलफलको क्रममा नगर प्रमुख गिरीले वेटर वल्र्डका प्रतिनिधिलाई नगरमा भएका स्वास्थ्य क्षेत्रको बारेमा जानकारी दिँदै १ देखि १५ वटै वडामा शहरी स्वास्थ्य केन्द्र भएकोले तत्काल चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गर्ने नीति रहेको बताउनुभयो ।
उहाँले नगरपालिकाले दिंदै आएको स्वास्थ्य सेवामा नगरबासी सन्तुष्ट रहेको भन्दै नगर अस्पताल लगायत अन्य दुई वटा वडामा स्वास्थ्य सेवा सहित आँखाको उपचार पनि हुने पनि जानकारी दिनुभयो ।
नगरप्रमुख गिरीले दक्षिण कोरियाका प्रतिनिधिलाई नगर अस्पतालमा बर्थिङ सेन्टर संचालन भइरहेकोले स्थानमा अभावले गर्भवती र सुत्केरी ले समस्या झेलिरहेकोले अस्पतालमा अत्याधुनिक सुविधायुक्त ट्रस निर्माण गरिदिनको लागि आग्रह गर्नुभयो । कोरियाका प्रतिनिधिले नगरपालिकासँग सहकार्य गरेर अत्याधुनिक सुविधा युक्त ट्रस बनाउन छिट्टै सम्झौताको तयारी गर्ने प्रतिबद्धता गर्नुभयो ।
