Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सेयर बजार ओरालो, आठ अर्ब ३२ करोडको कारोबार


सूचना कुण्ड
सेयर  बजार ओरालो, आठ अर्ब ३२ करोडको कारोबार

काठमाडौं,वैशाख ९  : धितोपत्र दोस्रो बजार तीन तीनयता ओरालो लागेको छ । पछिल्ला तीन दिनमा बजार करिब ३३ अंकले घटेको हो । मंगलबार (वैशाख ९) नेप्से परिसूचक ९.९६ अंकले घटको छ । सोमबार नेप्से १६.६८ र आइतबार ७.७५ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, मंगलबार आठ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार आठ अर्ब ७७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १६० कम्पनीको सेयर मूल्य घटेको छ । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य स्थिर छ ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका  १३ मध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend