Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से परिसूचक ५४.६२ अंकले घट्यो


सूचना कुण्ड
नेप्से परिसूचक  ५४.६२ अंकले घट्यो

काठमाडौं,चैत १० :धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज  ५४.६२ अंकले घटेको छ । नेप्से परिसूचक २६१४.६८ विन्दुमा बन्द भएको हो ।

यस दिन १३ कम्पनीको सेयर मूल्य बढेको छ । २३० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.३४ प्रतिशतले घटेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ ।

६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको बिहीबारको तुलनामा कारोबार रकम बढेको छ । बिहीबार चार अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend